खेलकुद

राखेप सदस्य सचिव घिसिङ अस्वस्थ

By खबरहब

March 04, 2023

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ अस्वस्थ भएका छन् ।

गत बिहीबारदेखि सदस्य सचिव घिसिङ अस्वस्थ रहे पछि पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गरिएको राखेपले जनाएको छ ।

बिहीबारै कीर्तिपुरस्थित नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा भर्ना भएका सदस्य–सचिव घिसिङलाई शुक्रबार साँझ डिस्चार्ज गरिएको छ ।

उनलाई चिकित्सकले केही दिन आराम गर्न सल्लाह दिएका छन् ।