फाइल तस्वीर

आर्थिक

दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढ्यो, कति पुग्यो ? 

By खबरहब

March 04, 2023

काठमाडौँ – अब दूधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ बढ्ने भएको छ ।

कृषि मन्त्रालयको प्रस्तावमा शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको हो ।

जसअनुसार दूधको मूल्य अब लिटरमा ५६ रुपैयाँबाट बढेर ६५ रुपैयाँ पुगेको छ ।

किसान तथा दुग्ध उत्पादन महासंघ, नेपाल डेरी एशोसियन लगायतले लामो समयदेखि दूधको मूल्य बढाउनु पर्ने माग गर्दै आएका थिए ।

नेपाल डेरी एसोसियसन, डेरी उद्योग संघ, डीडीसी र केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले शनिबार छलफल गरेर उपभोक्ता मूल्य तोक्ने तयारीमा गरेको छ।