समाचार

दुर्गा प्रसाईँलगायतले आज संसद् भवन अगाडि प्रदर्शन गर्ने

By खबरहब

March 04, 2023

काठमाडौँ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौँमा प्रदर्शन गर्ने भएको छ ।

व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानले काठमाडौँको नयाँ वानेश्वर (संघीय संसद् भवन अगाडि)मा प्रदर्शन गर्न लागेको हो ।

पूर्व राजा ज्ञानेन्द्र शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको अभियानले बुटवल हुँदै देशका विभिन्न सहरमा प्रदर्शन गरिसकेको छ ।

सो महाअभियानले आर्थिक अन्याय र बेथितिविरुद्ध काठमाडौँमा पनि प्रदर्शन गर्न लागेको प्रसाईँले जानकारी  दिएका छन् ।

नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, बैंकको ब्याजदर घटाउनु पर्ने, २० लाखसम्मको ऋण मिनाहा गर्नुपर्ने लगायतका १३ बुँदे माग महाअभियानको छ ।