फाइल फोटो

ब्रेकिङ स्टोरी

एमालेविरूद्ध प्रहार भइरहेको छ : अध्यक्ष ओली

By खबरहब

March 04, 2023

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि प्रहार भइरहेको बताएका छन्। शनिबार भक्तपुरमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले जनतालाई भ्रममा पार्ने र अल्मल्याउने र पहार गर्ने काम भइरहेको भन्दै बुद्धिजीवी समाजले  भ्रमजालबाट मुक्त बनाउनुपर्ने पनि बताएका छन्।

ओलीले एमालेजस्तो पार्टी निर्वाचनमा हार्छ भनेर केही बुद्धिजीवीहरूले भनेको उल्लेख गदै निर्वाचनपरिणामले गतल साबित गरेको उनको भनाई छ ।

‘जनतालाई दिग्भ्रमित पार्न विरोधीहरू लागि परेका छन्। उनीहरूलाई भ्रमबाट मुक्त पार्ने काम बुद्धिजीवीको हो। जनतालाई तर्साउने, धम्याउने कामहरू भइरहेका छन्, सचेतना जगाउनुस्।’

ओलीले रेलको डिब्बा र इन्जीनसँग तुलना गर्दै बुद्धिजीवी इन्जिन भएको बताए।