देश/प्रदेश

कैलालीमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु

By खबरहब

March 04, 2023

कैलाली– कैलालीमा ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । गोदावरी नगरपालिका-६ खैरानामा माउन्ट सैपाल स्कुलको से १ क ४४१ नम्बरको बसको ठक्कर दिँदा  ६५ वर्षीय बाटुबट्टे आलेमगरको मृत्यु भएको हो ।

शैक्षिक भ्रमणका लागि हिँडेको बसले पूर्वपश्चिम राजमार्गमा पैदलयात्री आलेमगरलाइ ठक्कर दिएको थियो । 

 जिल्ला प्रहरी कार्यालयका अनुसार बसको ठक्करबाट घाइते वृद्धको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालक खुशीराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।