समाचार

दुर्गा प्रसाईँले घोषणा गरेको आन्दोलन काठमाडौंमा सुरु

By खबरहब

March 04, 2023

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँले घोषणा गरेको आन्दोलन काठमाडौंमा सुरु भएको छ । बानेश्वरमा भइरहेको आन्दोलनमा बिभिन्न संघ र संस्थाको समर्थन रहेको आयोजकले जनाएका छन । राष्ट्रिय झन्डासहित भेला भएका प्रदर्शनकारीमा प्रसाईँलगायत वक्ताहरूले सम्बोधन गर्नेछन् । 

प्रसाईँले हिन्दु राज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा राखेर आन्दोलन सुरु गरेका हुन् ।

 पूर्व राजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर झापाबाट सुरु भएको आन्दोलन भैरहवालगायतका देशका बिभिन्न ठाउँमा सम्पन्न भएर काठमाडौं आइपुगेको हो ।