राजनीति

मुख्यमन्त्री यादवको सल्लाहकारमा अग्रहरी नियुक्त 

By खबरहब

March 04, 2023

जनकपुर– गोरखापत्रका पूर्व सम्पादक तथा महाप्रबन्धक सिताराम अग्रहरी मधेस प्रदेश मुख्यमन्त्रीको सल्लाहकारमा नियुक्त भएका छन् । 

 मुख्यमन्त्री रामसरोज यादवले उनलाई आजै नियुक्त गरेका हुन । नियुक्त भए पछि अग्रहरीले मुख्यमन्त्री यादवलाई धन्यवादसमेत व्यक्त गरेका छन । नियुक्त पाए पछि उनले आफ्नो तस्विर फेसबुकमा राखेका छन । 

 मधेस आन्दोलनमा समेत सक्रिय रहँदै आएका अग्रहरी पछिल्लो समय लेखन तथा सम्पादनको कार्य गर्दै आएका थिए । 

मधेस केन्द्रित दलहरूसँग आबद्ध रहेका अग्रहरी केही समय देखी मधेस प्रदेशमा नै सक्रिय रहँदै आएको बेला मुख्यमन्त्री यादवले उनलाई नियुक्त गरेका हुन् ।