फाइल तस्वीर

देश/प्रदेश

फेवातालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको उद्धार

By खबरहब

March 04, 2023

काठमाडौँ- पोखरास्थित फेवातालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको उद्धार गरिएको छ । वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीले ५ जनाको सकुशल उद्धार गरिएको बताए ।

उनका अनुसार एक वृद्धालाई बेहोस अवस्थामा तालबाट निकालिएको छ । पोखरा महानगरपालिका १ बगरको सपरिवार फेवा ताल घुम्न गएका बेला डुंगा पल्टिएको थियो ।

डुंगा पल्टिएपछि बेहोस भएकी ७० वर्षीया याममाया गिरीलाई उपचारका लागि प्रहरीले अस्पताल लगेको छ ।