तस्वीर- स्लोभिन परराष्ट्र एवम् युरोपेली मामिला मन्त्रालय/ट्विटर

अन्तर्राष्ट्रिय

रुस र युक्रेनबीच जारी युद्ध रोक्न भारतले भूमिका खेल्ने स्लोभिन उपप्रधानमन्त्रीको विश्वास

By खबरहब

March 04, 2023

काठमाडौँ- स्लोभेनियाकी उपप्रधानमन्त्री तान्या फायोनले भारतले रुस र युक्रेनबीच जारी युद्ध रोक्न भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छिन् ।

जी २० को बैठकमा सहभागी हुन भारत भ्रमणमा रहेकी उपप्रधानमन्त्री फायोनले दुई पक्षबीच शान्ति वार्ता गरेर रुस–युक्रेन युद्ध रोक्न भारतले भूमिका खेल्ने अपेक्षा गरेको बताएकी हुन् ।

भारतीय समाचार संस्था एएनआईसँग कुराकानी गर्दै उनले भनिन्, ‘युक्रेनमा जारी रुसी आक्रमणले सारा विश्वलाई स्तब्ध बनाएको छ । शान्तिका लागि वार्ता सुरु गर्न सबै पक्षलाई एकसाथ ल्याउने सबै प्रयासलाई म समर्थन गर्दछु ।

फायोन स्लोभेनियाकी उपप्रधानमन्त्रीका साथै एवम् विदेश तथा युरोपेली मामिलामन्त्री समेत  हुन् ।