तस्वीर- ट्विटर/एस जयशंकर

अन्तर्राष्ट्रिय

भारतीय विदेशमन्त्री जयशंकर र क्यानाडेली समकक्षी जोलीबीच भेटवार्ता

By खबरहब

March 04, 2023

काठमाडौँ- भारतीय विदेशमन्त्री एस जयशंकर र क्यानाडाकी विदेशमन्त्री मेलानी जोलीसँग भेटवार्ता गरेका छन् । जी–२० को बैठकमा सहभागी हुन भारतमा रहेकी जोलीले जयशंकरसँग भेटवार्ता गरेकी हुन् ।

भेटवार्ताका क्रममा समसामयिक विश्वव्यापी घटनाक्रमबारे छलफल भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

भेटवार्तापछि जयशंकरले ट्विट गर्दै भनेका छन्, ‘क्यानाडाकी विदेशमन्त्री जोलीसँग धेरै विषयमा छलफल भयो । जी २० का एजेन्डा र विश्वव्यापी घटनाक्रमबारे छलफल गर्‍यौँ । व्यापार, कनेक्टिभिटी र जनस्तरको सम्बन्धलगायत द्विपक्षीय मुद्दामा पनि छलफल भयो ।’

यसअघि दिल्लीमा आयोजित एक कार्यक्रममा जोलीले रुस–युक्रेन युद्धको विषय उठाउँदै रुसलाई अलग्याउनुपर्नेमा जोड दिएकी थिइन् । उनले रुसलाई कुनै किसिमको सहयोग नगर्न चीनलाई समेत चेतावनी दिएकी थिइन् ।