राजनीति

माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्याय नेपालको निधन

By खबरहब

March 04, 2023

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्याय नेपालको निधन भएको छ ।

नेकपा एसका केन्द्रीय सदस्यसमेत रहेका सरोजकुमार उपध्याय नेपाल आफ्नो घर नजिकैको एक घरबाट खसेर गम्भीर घाइते भएका थिए । ६ तलामाथिबाट खसेका नेपालको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचारका क्रममा ज्यान गएको हो ।

पार्टीका नेता विजय पौडेलका अनुसार दुई जना अपरिचित युवाले देखेर उनलाई निजामती अस्पताल पुर्‍याएकोमा उनलाई पछि अन्नपूर्ण न्युरो लगिएको थियो ।