प्रतिकात्मक तस्वीर ।

देश/प्रदेश

पाल्पामा खोलामा डुबेर एक किशोरको मृत्यु

By खबरहब

March 04, 2023

पाल्पा– पाल्पामा खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको रैनदेवी छहरा-७, बल्ढेङगढीस्थित कन्चन खोलामा डुबेर एक किशोरको मृत्यु भएको हो ।

१७ वर्षीय भिमबहादुर रानाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । रैनदेवी छहरा ७ र ८ को सिमाना भएर बग्ने कन्चन खोलाको जलुकेघाटमा पौडी खेल्ने क्रममा राना डुबेका थिए । 

राना रैनदेवी छहरा-७, बल्ढेङगढी जोग दमारका बासिन्दा रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।