देश/प्रदेश

बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

By खबरहब

April 04, 2023

चितवन– बसले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका-१ का ७५ वर्षीय कुलप्रसाद पराजुली रहेका छन् ।

पूर्वी चितवनको बकुलर चोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा ४ ख ८९१६ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको हो । 

ठक्करबाट घाइते पराजुलीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटना आज बिहान १० बजे भएको हो । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।