राजनीति

‘तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउने गरी बजेट व्यवस्था गर्नुपर्छ’

By खबरहब

April 04, 2023

काठमाडौँ-  राष्ट्रियसभा बैठकमा तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउनुपर्ने मौखिक प्रस्ताव गरिएको छ ।

मंगलबार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह गरिमाले तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउने गरी बजेट व्यवस्था गर्नुपर्ने बताएकी हुन्  ।

आँखाको लेन्स उत्पादन उद्योगलाई पर्याप्त आर्थिक सहयोग गरेर तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउनुपर्ने उनको भनाइ छ ।