ब्रेकिङ स्टोरी

मधेश प्रदेश सरकारबाट एमाले बाहिरिँदै

By खबरहब

April 04, 2023

काठमाडौं– मधेश प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिने भएको छ । 

पुस २७ मा जसपाका दलका नेता सरोजकुमार यादवलाई समर्थन दिँदै एमाले सरकारमा सहभागी भएको थियो । एमाले संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेको एमाले सांसद हरिनारायण महतोले जानकारी दिए ।

मधेश सरकारमा चार मन्त्रालय एमालेले लिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएर पत्रकार सम्मेलन गर्ने मन्त्रीको तयारी छ । एमाले हटेपछि सरकारमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र लोसपा सहभागी हुने तयारी छ ।

मधेश प्रदेशमा एमालेका २३ सांसद रहेका छन् ।