फाइल तस्वीर

ब्रेकिङ स्टोरी

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिट हेर्न नमिल्नेमा

By खबरहब

April 04, 2023

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट हेर्न नमिल्नेमा सरेको छ । एकल इजलासमा परेको रिट न्यायाधीश अनिलकुमार सिन्हाले हेर्न नमिल्ने भन्दै स्थगित गरेका हुन् । लामिछानेको मुद्दा नौ नम्बरमा पेसी रहेको थियो ।

लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै रिट निवेदन दायर गरिएको हो । अधिवक्ता युवराज पौडेल ‘सफल’ ले लामिछानेविरुद्ध रिट दायर गरेका थिए । रिटमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ ।

महान्यायाधिवक्ता डा. पोखरेलले यही चैत ६ गते लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको बताइएको थियो ।