सांकेतिक तस्बिर

देश/प्रदेश

शरीरमा पेट्रोल छर्केर पोखरामा एक जनाले गरे आत्मदाह

By खबरहब

April 04, 2023

काठमाडौँ- पोखरामा एक जनाले शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेका छन् ।

स्याङजा अर्जुनचौपारी गाउँपालिका– १ घर भइ पोखरा महानगरपालिका वडा नम्बर १७ मेलमिलाप टोलमा बस्दै आएका एक जना पुरुषले आत्मदाह गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आफ्नै कोठामा उनले आत्मदाह गरेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ ।