ब्रेकिङ स्टोरी

पोखरा १८ मा पुनः मतगणना गर्न उच्च अदालतको आदेश

By खबरहब

April 04, 2023

काठमाडौँ- उच्च अदालत पोखराले स्थानीय निर्वाचनअन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर १८ मा पुनः मतगणना गर्न आदेश दिएको छ ।

निर्वाचनमा ३ मतले पराजित भएपछि एमालेका उम्मेदवार पुष्कल थापाले पुनः मतगणना हुनुपर्ने माग गर्दै अदालतमा निवेदन दिएका थिए ।

अदालतका कायममुकायम मुख्यन्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषिराज भण्डारीको संयुक्त इजलासले पुनः मतगणना गर्न आदेश दिएको हो ।