देश/प्रदेश

चोरीपैठारीको सामानसहित मोटरसाइकल नियन्त्रणमा

By खबरहब

April 04, 2023

सप्तरी- डाक्नेश्वरी नगरपालिका-४ स्थित कुशाहा सीमा इलाकाबाट चोरीपैठारी तथा निकासीको सामानसहित मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

मंगलबार करिब २ लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीको सामान र दुई वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

उक्त मोटरसाइकलमा राखी भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा तथा चिनी र भारततर्फ लैजाँदै गरेको मदिरा प्रस्तावित सीमा सुरक्षा गुल्म पातो (बिओपी पातो) ले नियन्त्रणमा लिएको हो ।

बरामद सामान तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालयमा बेल्ही तिलाठीमा बुझाइएको छ ।