फाइल तस्वीर

देश/प्रदेश

निजामती ऐनको माग गर्दै कर्मचारीले सिंहदरबार प्रवेशमा रोक लगाउने

By खबरहब

May 04, 2023

काठमाडौं – संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारीका संयुक्त ट्रेड युनियनहरुले सिंहदरबार प्रवेशमा रोक लगाउने भएका छन्।

गत वैशाख १९ गते सुरु भएको तीन दिने आन्दोलनको कार्यत्रःम अनुसार आज बिहीबार सिंहदरबार प्रवेशमा रोक लगाउन लागिएको हो।

नेपाल निजामती कर्मचारी संगठनकाक केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाका अनुसार वैशाख १९ गते मुख्य सचिवसहित विभिन्न मन्त्रालयका सचिवलाई ‘संघीय निजामती सेवा ऐन जारी गर्न’ देशभरबाट मोवाईल एसएमएसमार्फत ध्यानाकर्षण गराइएको थियो। वैशाख २० गते बुधबार पनि प्रधानमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन, कानुन न्याय तथा संसदीय मामिलासहित अर्थ मन्त्री, राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई देशैभरीबाट मोवाइल एसएमएसमार्फत ध्यानाकर्षण गराई सकिएको छ।

वैशाख २१ गते बिहीबार भने सिंहदरवार परिसरभित्र कार्यरत सम्पूर्ण कर्मचारीलाई ‘सिंहदरबार प्रवेश नगर्न’ आव्हान गर्ने निर्णय भएको उनले जानकारी दिए। उनका अनुसार आज सिंहदरबार प्रवेशमा कर्मचारी जाने छैनन्।