क्रिकेट

नेपाल प्रहरीका ६ क्रिकेट खेलाडीलाई प्रहरी महानिरीक्षकको सम्मान

By खबरहब

May 04, 2023

काठमाडौँ – नेपाल प्रहरीले राष्ट्रिय क्रिकेट टिममा प्रतिनिधित्व गर्ने ६ जना खेलाडीलाई सम्मान गरेको छ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा नेपाल प्रहरीमा कार्यरत ६ जना क्रिकेट खेलाडीलाई सम्मान गरेका हुन् ।

एसीसी प्रिमियर कपको विजेता बनेको नेपाली क्रिकेट टिमका नेपाल प्रहरीका दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहमद आरिफ शेख, ललित राजवंशी, करण केसी र गुल्सन झालाई विशेष समारोहका बिचमा सम्मान गरिएको हो  ।

खेलकुद समितिका अध्यक्षसमेत रहेका महानिरीक्षक कुँवरले नेपाली क्रिकेटलाई एसियाली कपमा पुर्‍याउन योगदान गरेको भन्दै खेलाडीहरूलाई प्रशंसा पत्र तथा नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।