फाइल फोटो

ब्रेकिङ स्टोरी

शरणार्थी प्रकरणमा ठगी गर्ने कोही नछुटुन् : गगन थापा

By खबरहब

May 04, 2023

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरुलाई कानुनी कारबाही गर्नुपर्ने बताएका छन् ।

यस प्रकरणमा जोडिएकाहरू धमाधम पक्राउ परिरहेका बेला थापाले सामाजिक सञ्जाजमार्फत यस्तो धारणा राखेका हुन् । उनले ‘यो घटना होइन प्रवृत्ति हो।’ भनेका छन्।

पूर्व गृहमन्त्रीहरु, गृह सचिव, अख्तियार प्रमुखलगायत प्रहरीको अनुसन्धानको दायरमा परे पछि थापाले ‘ठगि गिरोहको भिआइपी जालो’ उजागर हुँदै जानु गृह प्रशासनको प्रयास प्रशंसनीय भएको बताएका हुन्।

‘अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन्। संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानुन भन्दा माथि कोही हुँदैन’, उनले लेखेका छन्।

नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा ‘ठगि  गिरोहको भिआइपी जालो’उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ। यो घटना होइन प्रवृत्ति हो।अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन्। संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानुन भन्दा माथि कोही हुँदैन।