बैंक/वित्त

कामना सेवा बैंक र मनकामना अस्पतालबीच सम्झौता

By खबरहब

May 04, 2023

भरतपुर–  कामना सेवा विकास बैंक र मनकामना अस्पताल, भरतपुर बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले भरतपुर महानगरपालिकाको चितवन स्थित मनकामना अस्पतालले प्रदान गर्ने ओ.पी.डी. सेवा, सामान्य वार्ड, बेड शुल्क, ओ.टी. शुल्क, सी.टी.स्क्यान, आई.सी.यु, लगायत एन.आई.सी.यु, एच.डी.यु/नर्सरी सेवाहरूमा आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

अस्पतालले प्रदान गर्ने सेवा सुविधाहरूमा बैंकका कर्मचारीहरूले २०% सम्मको र बैंकका ग्राहकहरूले १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।