अन्तर्राष्ट्रिय

हलिउडमा हड्ताल : फिल्म र टिभी कार्यक्रमको निर्माण ठप्प

By खबरहब

May 04, 2023

काठमाडौँ– हलिउड लेखकहरू हड्तालमा उत्रिँदा फिल्म र टिभी कार्यक्रमको निर्माण ठप्प भएको छ । रात्रिकालीन टिभी कार्यक्रम बन्द भएका छन् भने फिल्मको छायांकन समेत प्रभावित भएको छ । ११ हजारभन्दा बढी लेखकले मंगलबारदेखि आन्दोलन सुरु गरेका हुन् । 

सीएनएनका अनुसार आन्दोलनका कारण टेलिभिजनमा नयाँ सिरिजको निर्माण कार्य रोकिएको  छ । ज्याला र रोजगारीको सुनिश्चितता माग गर्दै राइटर्स गिल्ड अफ अमेरिकाको आह्वानमा लस एन्जलस र न्युयोर्कमा हड्ताल सुरु भएको हो । 

यो आन्दोलन डिज्नी, नेटफ्लिक्ससहितका ठूला स्टुडियोविरुद्ध लक्षित छ ।

यो हड्ताल सन् २००७ यताकै ठूलो भएको र तत्काल रोकिने सम्भावना नरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।