सांकेतिक तस्बिर

देश/प्रदेश

भक्तपुरमा हुनेवाला बेहुली मृत फेला

By खबरहब

May 04, 2023

काठमाडौँ- भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुकी २४ वर्षीया युवती मृत फेला परेकी छिन् । मृत फेला परेकी २४ वर्षीया सुस्मिता खड्काको विवाहको मिति तय भइसकेको प्रहरीले जनाएको छ ।

उनको विवाह २८ वैशाखमा काठमाडौ दक्षिणकाली नगरपालिका ८ घर भई ललितपुर महालक्ष्मी नगरपालिका ९ बस्ने २८ वर्षीय मनोज अधिकारीसँंग तय भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

उनको शव बिहीबार आफ्नै घरको फलामे भर्‍याङमा नाइलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको एसपी प्रजित केसीले जानकारी दिए ।

उनको साथबाट ‘सुसाइड नोट’ भेटिएको प्रहरीले जनाएको छ ।