अपराध

नक्कली शरणार्थी प्रकरण : अझै १०-११ जना पक्राउ पर्न सक्ने 

By खबरहब

May 04, 2023

काठमाडौँ– प्रहरीले नक्कली शरणार्थी प्रकरणमा थप १०-११ जना व्यक्तिलाई पक्राउ गर्नुपर्ने प्रारम्भिक अवस्था देखिएको जनाएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान बहादुर कार्कीले नक्कली शरणार्थी प्रकरणमा हालसम्म ८ जना व्यक्ति पक्राउ परिसकेको भन्दै थप १०-११ जना व्यक्तिलाई पक्राउ गर्नुपर्ने प्रारम्भिक अवस्था रहेको बताए । सुरुमा ठगीबाट सुरु भएको उक्त मुद्दा संगठीत अपराधमा परिणत गरेर ४० दिन यता अनुसन्धान भइरहेको उनले बताए । 

कार्कीले सय भन्दा बढि व्यक्तिबाट २० वटा जाहेरी परेको र अनुसन्धान अघि बढिरहेको जानकारी दिए । उनले पक्राउ परेका व्यक्तिहरुबारेमा जानकारी दिने गरेको भन्दै बिभिन्न सञ्चारमाध्यममा अन्य पक्राउ परेको भनी आएको समाचारमा सत्यता नरहेको धारणा राखे ।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले सचिव टेकनारायण पाण्डे, इन्द्रजित राइ, सन्दीप रायमाझी लगायतलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।