तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

इजरायली कारवाहीमा तीन जनाको मृत्यु

By खबरहब

May 04, 2023

काठमाडौँ- प्यालेस्टाइनको वेस्ट ब्याङ्कमा इजरायली सुरक्षा बलले बिहीबार कारवाही गर्दा बेलायती–इजरायली महिला र उनका दुई छोरीलाई मारेको आरोप लागेका तीन प्यालेस्टिनी पुरुषको मृत्यु भएको छ ।

इजरायली सुरक्षा बलले वेस्ट ब्याङ्कको नाब्लसमा कारवाही गरेको हो ।

हत्यामा संलग्न हमासका दुई संदिग्ध लडाकु र अर्का व्यक्ति इजरायली सेना, प्रहरी र शिनबेट सुरक्षा सेवाको संयुक्त कारवाहीमा मारिएको बताइएको छ ।

कारवाहीमा मारिएकाहरु “लेआ, माइया र रिना डीका हत्यारा” रहेको भनी पहिचान गरिएको छ । गत अप्रिल ७ मा जोर्डन उपत्यकानजिकै गाडीमा आक्रमण हुँदा उनीहरुले ज्यान गुमाएका थिए ।