खेलकुद

महिला च्याम्पियन्स लिगको उपाधि बार्सिलोनालाई

By खबरहब

June 04, 2023

काठमाडौँ– युईएफए महिला च्याम्पियन्स लिगको उपाधि बार्सिलोनाले जितेको छ ।

शनिबार राति नेदरल्यान्डसको आइन्ड होभनमा भएको फाइनल खेलमा उल्भ्सबर्गलाई ३–२ गोलले हराउँदै स्पेनिस क्लब बार्सिलोनाले उपाधि जितेको हो ।

बार्सिलोनाकी पेट्रीसिया गुइजारो गुतिरेजले दुई तथा फ्रिडोलिना रोल्फले एक गोल गरेकी थिइन् । यस्तै, उल्भ्सबर्गकी इवा पेजोर र पोपले एक–एक गोल गरेका थिए ।

उल्भ्सबर्गले आफ्नो दुई गोलको सुरुवाती अग्रता जोगाउन नसक्दा उपाधि गुमाउन पुग्यो ।