ब्रेकिङ स्टोरी

नागरिकता विधेयक प्रमाणीकारणविरुद्धको रिटमा आज सुनुवाइ

By खबरहब

June 04, 2023

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । 

विधेयक प्रमाणीकरण असंवैधानिक रहेको भन्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले शुक्रबार दर्ता गरेको रिटमा सुनुवाइ हुन लागेको हो ।

नयाँ संसद्मा विधेयक नलगी सरकार र राष्ट्रपतिको कार्यालयले असंवैधानिक कार्य गरेको रिटमा दाबी गरिएको छ । विधेयक असंवैधानिक भएकाले लागू नगर्न–नगराउन अन्तरिम आदेशसमेत माग गरिएको छ । 

रिटमा नागरिकता विधेयकसम्बन्धी समस्यालाई अध्ययन गरी दीर्घकालीन समाधान गर्नू भन्ने आदेश समेत माग गरिएको छ । 

नयाँ संसद् स्थापित भइसकेको अवस्थामा अघिल्लो संसद्ले पठाएको विधेयक प्रमाणीकरण गरेको भन्दै राष्ट्रपतिको उक्त कदमको विरोध भइरहेको छ ।