सांकेतिक तस्वीर

देश/प्रदेश

अत्यधिक गर्मी बढेपछि सर्लाहीका विद्यालय बन्द

By खबरहब

June 04, 2023

सर्लाही– सर्लाहीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द गरिएको छ । गर्मी बढेपछि जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका निमित्त प्रमुख अशोककुमार रौनियारले जानकारी दिए । 

उनका अनुसार गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकामा असर परेको सूचना आएपछि बर्खे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिएका हुन् । 

गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले जेठ २१ गतेदेखि २४ गतेसम्म बर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको उनको भनाइ छ । हाल सञ्चालित परीक्षाहरू भने यथावत रहनेछन् ।