सांकेतिक तस्बिर

देश/प्रदेश

बैतडीमा भिरबाट लडेर किशोरको मृत्यु

By खबरहब

June 04, 2023

काठमाडौँ- बैतडीमा भिरबाट लडेर एक किशोरको मृत्यु भएको छ ।

जिल्लाको मेलौली नगरपालिका ५ का शंकर दत्त कलौनीका १९ वर्षीय छोरा प्रेम कलौनीको अर्जुन अदल्लेको भिरबाट लडेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार कलौनी भिरबाट करिब आठ सय मिटर तल खस्दा प्रेम कलौनीको टाउको तथा शरीरका विभिन्न भागहरुमा चोट लागी मृत्यु भएको हो ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।