सांकेतिक तस्बिर

देश/प्रदेश

शिकारीले हानेको गोली लागेर घाइते भएकी किशोरीको मृत्यु

By खबरहब

June 04, 2023

कालिकोट– नरहरीनाथ गाउँपालिका वडा नम्बर ५ रुप्साकी १७ वर्षीय किशोरीको गोली लागेर मृत्यु भएको छ । जेठ १९ गते दिउँसो मकै बारीमा मकै गोड्दै गर्दा स्थानीय एक शिकारीको गोली लागेर १७ वर्षीय एलिसा सहकारी घाइते भएकी थिइन् ।

घाइते सहकारीको प्राथामिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो । उपचारकै क्रममा उनले आज सुर्खेतमा मृत्यु भएको स्थानीय नेत्रराज बोगटीले बताए ।

रुप्साकै एक स्थानीयले बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गरेकी एलिसाको टाउकोमा लागेको थियो । मृतकको आजै पोस्टमार्टम गरी अन्त्येष्टि गरिएको छ । उनी कक्षा १० मा अध्ययनरत थिइन् । 

घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।