ब्रेकिङ स्टोरी

पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १२ जना घाइते

By खबरहब

June 04, 2023

तानसेन – पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ८ सत्यवतीस्थित केवरेडाँडामा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँचीको पणेनातर्फ गइरहेको लु १च ९०२४ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो । मृतकमध्ये दुई महिला र एक पुरुष छन् । मृत्यु हुनेको पहिचान खुलेको छैन । जिप साढे ५ बजेतिर दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार घाइतेहरूलाई उपचारको लागि बुटवलतर्फ पठाइएको छ ।