सांकेतिक तस्बिर

ब्रेकिङ स्टोरी

ताप्लेजुङमा वरिष्ठ प्रहरी हवलदार मृत फेला

By खबरहब

June 04, 2023

ताप्लेजुङ – ताप्लेजुङमा एक जना वरिष्ठ प्रहरी हवलदार मृत अवस्थामा भेटिएका छन् ।

सिरिजंघा गाउँपालिकामा रहेको तेल्लोक इलाका प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी हवलदार ४१ वर्षका दीपक शाहा शंकर मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सिदिङ्वा गाउँपालिका–६ मा रहेको निलगिरी माध्यमिक विद्यालयको सर्वपक्षीय बैठकमा सहभागी भएर फर्किएका शंकरको शव क्रममा इलाका प्रहरी कार्यालय तेल्लोकभन्दा केही तल बाघथला भन्ने ठाउँमा भटिएको हो ।