अन्तिम आप्रवासीले पनि त्यस स्थान छाडे पछि अष्ट्रेलियाको विवादास्पद हिरासत नाउरु अहिले खाली भएको छ। सन् २०१२ यता अष्ट्रेलियाको त्यो सानो टापुमा शरणार्थीको अपेक्षा गर्दै पुगेका चार हजार १ सय ८३ जना यस बिचमा बन्दी बनाइएका थिए।
ह्युमन राइट वाचबाट गएका प्रतिनिधिले सो हिरासतलाई अपरिभाषित बेपत्ता र लगातारको यातनाको संज्ञा दिएका थिए। मानव अधिकारको रेकर्डमा नाउरलाई कालो सूचीमा समेत राखिएको थियो।
समृद्ध देशमा शरण खोज्न जाने तेस्रो विश्वका नागरिकहरूका लागि अष्ट्रेलियाको त्यो घटना साँच्चै पीडादायक थियो। अष्ट्रेलियाको बिग्रिएको राजनीतिले पनि त्यस क्षेत्रलाई प्रभावमा पारेको थियो।
यातना गृहका थुप्रै अनुभव र दुखका कथा छन् जुन सुनेपछि पनि धेरैको आङ सिरिङ हुन्छ। मारियाले छोटो समयको सूचनामा नै त्यो स्थान छाडेको घटना अझै सम्झन्छिन्।
लगातार सात वटाअष्ट्रेलियाली प्रधानमन्त्रीले सीमामा ध्यान दिने र मानव तस्करको नौलो उदाहरणको रूपमा काम हुँदा पनि रोक्न नसकेको कुरामा बारम्बार असहमति जनाए। थुप्रै असुविधा तथा आलोचनाको बाबजुद प्रधानमन्त्री एन्थोनी अल्बानेजले यस वर्ष नाउरु खुला राख्नका लागि तीन सय २० मिलियन अमेरिकी डलर खर्च गरे।
त्यसयता यातना गृहका थुप्रै अनुभव र दुखका कथा छन् जुन सुनेपछि पनि धेरैको आङ सिरिङ हुन्छ। मारियाले छोटो समयको सूचनामा नै त्यो स्थान छाडेको घटना अझै सम्झन्छिन्। चार वर्ष त्यस टापुमा कठोर जीवन बिताएपछि सन् २०१४ मा मिर्गौलामा समस्या देखिएकै कारण उनलाई सिड्नी लगिएको थियो।
महिला जनांग विच्छेदको सभाईभर उनी सोमालियामा भएको गृह युद्धबाट मुस्किलले बचेकी हुन्। उनी एक साता लामो विमान यात्रा गर्दै अष्ट्रेलिया पुगेकी हुन्। सुरुमा विमान र त्यस पछि जल यात्रा तय गर्दै उनी त्यहाँ पुगेकी थिइन्। ‘मलाई मर्दिन भन्ने विश्वास दिलाऊ’, घरबाट निस्कने समयमा कान्छो भाइले भनेको कुराले उनलाई बारम्बार झस्काइ रहन्छ। धेरै छिमेकका दाजु भाइहरू यसरी भूमध्य सागरमा नै बिलाएको घटना उनलाई पनि थाहा छ। उनको सामुद्रिक यात्रा त झन् कत्ति कठोर थियो त्यो सम्झँदा पनि अत्यास लाग्छ।
चार वर्ष त्यस टापुमा कठोर जीवन बिताएपछि सन् २०१४ मा मिर्गौलामा समस्या देखिएकै कारण उनलाई सिड्नी लगिएको थियो।
उनले यात्रा गरेको डुङ्गा एकदमै साँघुरो थियो। उनलाई शौचको समस्याले पनि सतायो। उनले बेस्सरी आफूलाई नियन्त्रणमा राखेकी थिइन्। उनले हिँड्ने समयमा भाइले भनेको सम्झिन्। ‘कसरी म उसलाई ढाँट्न सक्छु ?’, यहीँ सोच्दै उनको मन भक्कानिन्थ्यो। त्यसै समयमा अष्ट्रेलियाको जल सेनाले उनीहरूलाई पक्रिएर नाउरु लगेको थियो। उनले नाउरुमा भोगेको कुरा भने जीवन्त नै रहने छ। सुन्दै जाँदा कुनै पनि व्यक्तिको जिउमा काँडा उम्रन थाल्छ। भतभती पोल्ने गर्मीमा जुत्ता समेत नलगाई हिँड्दा उनको खुट्टा पटपटी फुटेका थिए। जताततै घाउ देखिन्थे। आर्द्रता बढेको कारण उनी बसेको पालमा हरियो र कालो मात्र देखिने अवस्था थियो।
समूहमा हिँड्ने समयमा पनि पुरुषको कामुक आँखाबाट आफूलाई कसरी बचाउने भन्ने बारेमा सावधानीपूर्वक सोच्नु नै पर्थ्यो। नुहाउँदा लुकेर हेर्ने र गार्डहरूले प्याड नै लुकाइदिने विषय सामान्य थिए। त्यहाँ गार्ड र युवतीबीच कैयौँ अवैध सम्बन्धको विकास भएको थियो। यसरी शरणार्थीको रूपमा त्यहाँ पुगेकालाई कठोर अपराध गरेर पुगेका कैदीलाई भन्दा पनि खराब व्यवहार हुने गरेको थियो।
समूहमा हिँड्ने समयमा पनि पुरुषको कामुक आँखाबाट आफूलाई कसरी बचाउने भन्ने बारेमा सावधानीपूर्वक सोच्नु नै पर्थ्यो। नुहाउँदा लुकेर हेर्ने र गार्डहरूले प्याड नै लुकाइदिने विषय सामान्य थिए।
‘ब्रिजगीङ’ भिसा पाउनु भन्दा अघि उनलाई सिड्नीमा बन्दी बनाइएको थियो। हाल उनी आफ्ना अष्ट्रेलियन श्रीमानसँग बसेर व्यवसाय गरी रहेकी छिन्। उनका दुई बच्चा छन्। उनको भिसा प्रत्येक ६ महिनामा नवीकरणको आवश्यकता पर्छ। उनलाई भविष्यमा कुनै समस्यामा परिने हो की भन्ने चिन्ताले भने सताइ रहन्छ।
अष्ट्रेलियामा सन् २००१ यता असङ्ख्य शरणार्थीको मारियाको जस्तै कथा छ। सन् २००७ मा कार्यालय छाड्ने अघि कन्जरभेटिभ प्रधानमन्त्री जोन हवार्डले यो सिस्टमको सुरुवात गरेका थिए। लेबर पार्टीको नेता केभिन रडको शासनमा यस व्यवस्थालाई हटाइएको थियो। सन् २०१२ देखि यता फेरि पुरानै प्रचलन कायम भएको हो। सबै अष्ट्रेलियाका प्रधानमन्त्रीको मत देशको सीमा सुरक्षा गर्न सो कदम आवश्यक भन्ने नै हो।
अनुसन्धानकर्ताको अनुसार भूमध्य सागरको त्यो यात्रामा मृत्युको मुखमा पुग्ने सम्भावना अत्यन्त बढी हुन्छ। सन् २०१४ देखि यता अस्ट्रेलियाले आफ्नै देशको डुङ्गा मार्फत ल्याउने र उनीहरूको आएको यातायात साधनलाई फिर्ता पठाउने नीति लिएको हो। त्यसपछि नै नाउरु र पपुवा न्युगीनीमा रहेको अर्को हिरासत व्यस्त रहन थालेको हो।
अष्ट्रेलियाको सरकारले त्यसको व्यवस्थापन गर्न मात्र धेरै रकम खर्चिसकेको छ। त्यहाँ देखिएको स्वास्थ्य संकट र पछिल्लो समय बच्चामै आत्महत्या प्रतिको आकर्षणका कारण सबै जना यस विषयमा सोच्न बाध्य भएका हुन्। यसै कारण विशेष कानुनी स्किम ल्याएर त्यहाँका मानिसलाई बाहिर निकालिएको हो।
अनुसन्धानकर्ताको अनुसार भूमध्य सागरको त्यो यात्रामा मृत्युको मुखमा पुग्ने सम्भावना अत्यन्त बढी हुन्छ। सन् २०१४ देखि यता अस्ट्रेलियाले आफ्नै देशको डुङ्गा मार्फत ल्याउने र उनीहरूको आएको यातायात साधनलाई फिर्ता पठाउने नीति लिएको हो।
सबै जना निस्किए पनि यस अघि नै सरकारले राखेको पपुवा न्युगीनीको क्याम्पबाट ८० जना अल्झिएको ह्युमन राइट वाचले जनाएको छ। विगतमै राष्ट्र संघले बारम्बार त्यस स्थानकाबारे चासो लिँदै सही निर्णयका लागि अनुरोध गरेको थियो। पछिल्लो समय १४ जनाको त त्यहीँ हिरासतमा ज्यान नै गएको थियो। त्यस मध्यका आधाले त आत्महत्या गरेका हुन्।
सन् २०२० मा अन्तर्राष्ट्रिय अपराध अदालतले यो विषयमा कदम चाल्दै अष्ट्रेलियाको कानुन नै गैर न्यायिक रहेको जनाएको थियो। एउटा नयाँ बाटो तय गरेर अहिले त्यहाँबाट निकालिए पनि अष्ट्रेलियाले अमेरिकाको एक जेल कम्पनीसँग सन् २०२५ सम्म नाउरलाई हेर्नका लागि चर सय २२ अष्ट्रेलिया डलरको सम्झौता गरेको छ। अष्ट्रेलियाको गृह मन्त्रालयले अवैधानिक तवरले भूमध्य सागरबाट आउनेका बारेमा नयाँ ढङ्गले सोचिने कुरा बताएका छन्।
सरकारले भने सीमामा भेटिएकाका बारेको कानुनमा मानवीय पक्षलाई बेवास्ता गरिएको कुरालाई अस्वीकार गरेका छन्। कतै शरणार्थीको रूपमा आउनेकै सङ्ख्या धेरै हुने र उनीहरूले निर्वाचनमा जित हात पार्ने त होइन ? भन्ने चिन्ता पनि अस्ट्रेलियाका राजनीतिकर्मीलाई छ। शरणार्थीको पक्षमा वकालत गरिरहेका जान फाभेरो वर्षौँदेखि समुद्रीबाटबाट आउन चाहनेलाई अप्रत्यक्ष विष सेवन गराइएको र अनावश्यक राजनीतिकरण गरिएको बताउँछिन्। उनी यस कुरामा परिवर्तन हुने कुरामा आशावादी हुँदै अहिले नाउरुबाट निकालिएपछि वर्षौँ देखिको आफ्नो आवाजले सार्थकता पाएको महसुस गरेकी छिन्।
सरकारले भने सीमामा भेटिएकाका बारेको कानुनमा मानवीय पक्षलाई बेवास्ता गरिएको कुरालाई अस्वीकार गरेका छन्। कतै शरणार्थीको रूपमा आउनेकै सङ्ख्या धेरै हुने र उनीहरूले निर्वाचनमा जित हात पार्ने त होइन ? भन्ने चिन्ता पनि अस्ट्रेलियाका राजनीतिकर्मीलाई छ।
अहिले राजनीतिक मानिसमा पनि चेतना बढेको उनी बताउँछिन्। सन् २०१७ मा उनीहरूको व्यवस्थापनको पक्षमा ४५ प्रतिशत थिए भने अहिले ६८ प्रतिशत छन्। जुन देशका भए पनि बाच्न पाउने अधिकार सबैको भएकोमा सहमत छन्।
मारिया आफ्नै सोचाइ भने अलि फरक छ। उनी अष्ट्रेलियाको कानुन जुनसुकै समयमा फेरिन सक्ने भएकाले आफ्नो भविष्य अन्धकार देख्छिन्। १० वर्षदेखि यस्तै अस्थिरताको बिच जीवन बिताइ रहेको उनको अनुभव छ। ‘मैले अहिले मेरो आफ्नै जीवन बिताइरहेको छु। के थाहा कुनै दिन यो सबै भताभुङ्ग त हुने होइन ?’ मारियाको यो प्रश्नको जवाफ सायद अष्ट्रेलियाको नेतृत्वसँग पनि छैन। स्रोतः बिबिसी