फाइल फोटो

देश/प्रदेश

हनुमानढोका परिसरमा सवारी साधन निषेध

By खबरहब

July 04, 2023

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंको हनुमान ढोका परिसरमा सवारी साधन प्रवेशमा रोक लगाएका छन् ।

आज बिहान सामाजिक सञ्जालमार्फत मेयर शाहले हनुमान ढोका परिसरभित्र सवारी साधन प्रवेशमा रोक लगाएको जानकारी उल्लेख गरेका हुन् ।

उनले प्राचिन सम्पदाको मौलिकता र सौन्दर्यतालाई जोगाउनका लागि सवारी प्रवेशमा रोक लगाइएको बताएका छन् ।

उनले काठमाडौँ मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘काठमाडौको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन् । विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै यीनै सम्पदा र यीनको प्राचीन मौलिकता पनि हुन् ।’

मेयर साहले नेपालका यिनै सम्पदा हेर्न र अनुभव गर्दै रमाउन लाखौँ पर्यटक आउने यस क्षेत्रको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक रहेको बताएका छन् ।