अन्तर्राष्ट्रिय

मलेसियामा आजबाट मृत्युदण्डको सजाय हटाइयो

By खबरहब

July 04, 2023

काठमाडौँ– मलेसियामा गम्भीर अपराधका घटनामा दिइँदै आएको मृत्युदण्डको सजाय हटाउने निर्णय आजबाट कार्यान्वयनमा आएको छ ।

पछिल्लो निर्णयअनुसार अब गम्भीर अपराधमा दोषी ठहर हुनेहरूलाई ४० वर्षसम्मको जेल सजाय हुने बताइएको छ ।

यद्यपि असाधारण घटनाहरूमा मृत्युदण्डको आदेश दिन सक्ने न्यायाधीशहरूले स्वविवेकीय अधिकार कायमै राखिएको छ।

गत अप्रिलमा मलेसियाको संसद्ले देशको कानुनमा अनिवार्य मृत्युदण्डको सजाय हटाउने पक्षमा मतदान गरेको थियो।

संसद्‌ले पारित गरेको व्यवस्था कार्यान्वयनमा आएसँगै हत्या र आतङ्कवादसहित ११ प्रकारका गम्भीर अपराधमा दिइने अनिवार्य मृत्युदण्डको सजाय हट्नेछ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलका अनुसार मलेसियामा मृत्युदण्डको सजाय तोकिएकाको सङ्ख्या झन्डै एकहजार ३ सय रहेको छ । मलेसियाले ३० वर्षको अवधिमा १३ सयभन्दा बढीलाई मृत्युदण्ड दिइसकेको छ ।