सांकेतिक तस्बिर

देश/प्रदेश

अर्घाखाँचीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु, एकजना घाइते

By खबरहब

July 04, 2023

अर्घाखाँची– अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोहनपानीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।

स्थानीय गंगा रास्कोटीको घर पहिरोले पुरिँदा घाइते भएका ४ जनामध्ये  तीन जनाको मृत्यु भएको वडाध्यक्ष कमलप्रसाद पोख्रेलले जानकारी दिए ।

मृत्यु हुनेमा १० वर्षका धनबहादुर रास्कोटी, ११ वर्षकी मञ्जु रास्कोटी र १२ वर्षका खुमबहादुर रास्कोटी छन् । 

घटनामा घाइते भएका १४ वर्षका सचिन रास्कोटीलाई उद्धार गरी पाल्पाको मिसन अस्पताल पठाइएको छ ।

पाणिनि गाउँपालिका–१ पणेनाको गोहनपानीमा आज विहान साढे ६ बजे घरमाथिबाट खसेको पहिरोमा उनीहरु पुरिएका थिए ।