ब्रेकिङ स्टोरी

सभामुखसहित शीर्ष नेताहरुको बैठक जारी

By खबरहब

July 04, 2023

काठमाडौँ– सभामुख देवराज घिमिरेसहितको शीर्षनेताहरूको बैठक सिंहदरबार जारी रहेको छ ।

सभामुखको कार्यकक्षमा जारी बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र कानूनमन्त्री धनराज गुरु सहभागी भएका छन् ।

बैठकमा संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको बताइएको छ ।

गत वैशाख गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएका थिए । समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक बसेको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल हुन सकेको छैन ।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलहरुले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरुलाई छलफलमा बोलाएका हुन् ।