ब्रेकिङ स्टोरी

ललिता निवास प्रकरणका आरोपितको रिट न्यायाधीश भट्टराई र फुँयालको इजलासमा

By खबरहब

July 04, 2023

काठमाडौँ– ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका आरोपितले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुँयालको इजलासमा आज सुनुवाइ हुँदैछ ।

उक्त रिटमा न्यायाधीश डा. कुमार चुडालको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ आदेश दिँदै २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।

सोही आदेश बमोजिम प्रतिवादीकातर्फबाट लिखित जवाफ प्राप्त भएपछि आज सुनुवाइ हुन लागेको हो । जवाफमा पक्राउ गर्नुको कारण खुलाइएको छ ।

जग्गा प्रकरणमा पक्राउ परेका निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका संस्थापक अध्यक्ष मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमका तर्फबाट बिहीबार सर्वोच्चमा हदम्याद सकिइसकेको मुद्दामा पक्राउ गरिएको भन्दै रिट दायर भएको थियो ।