सांकेतिक तस्वीर

देश/प्रदेश

धन्सार भत्किँदा एक महिलाको मृत्यु, तीनजना घाइते

By खबरहब

July 04, 2023

गोरखा– गोरखामा बनाउँदै गरेको धन्सार भत्किएर थिच्दा एक महिलाको मृत्यु भएको छ । घटनामा तीनजना घाइते भएका छन् ।

गण्डकी गाउँपालिका–४, पाटापाटीस्थित जगबहादुर बरामको बनाउँदै गरेको धन्सार भत्किएर उनकी श्रीमती ४१ वर्षीया मीना बरामको मत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

उक्त घटनामा मृतक मीनाका श्रीमान ४५ वर्षीय जगतबहादुर बराम, २१ वर्षीय छोरा सुजन बराम र छिमेकी ६५ वर्षीय रामकृष्ण बराम घाइते भएका छन् ।

रामकृष्णको अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । अन्य दुईजनाको अवस्था भने सामान्य छ ।