सांकेतिक तस्बिर

देश/प्रदेश

बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

By खबरहब

July 04, 2023

काठमाडौँ- बलात्कार‍ आरोपमा तीन जना पक्राउ परेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ९ बस्ने २१ वर्षीय पवनप्रसाद उपाध्याय र २६ वर्षीय अमर बहादुर खत्रीलाई १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई उनीहरुले सोही नगरपालिका ५ हेल्थपोष्टस्थित प्रकृति शुद्द डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ तुल्सीपुर उपमहानगरपालिका १७ बस्ने ४२ वर्षीय वीरबहादुर विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय होलेरी रोल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।