सांकेतिक तस्बिर

देश/प्रदेश

दुर्घटनामा परी गम्भीर घाइतेको मृत्यु

By खबरहब

July 04, 2023

दाङ- दाङमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको आज उपचारका क्रममा मृत्यु भएको छ  मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका ५५ वर्षीय खोपिराम अधिकारी छन् ।

उनको  शिक्षण अस्पताल  कोहोलपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनको टाउको र अनुहारमा चोट लागेको थियो ।

अधिकारी आधारभूत विद्यालय कटाहाका प्रधानाध्यापक रहेको बताइएको छ । गत शुक्रबार बिहान दुई मोटरसाइकल एकापसमा ठोक्किँदा उनीसहित चारजना घाइते भएका थिए ।

तुलसीपुर–अमेलिया सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–६ बुद्ध चोक नजिकै रा १ प ८४४६ नंको मोटरसाइकल र रा ४ प २८६६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।