आर्थिक

मंगलबार नेप्सेमा दोहोरो अंकको वृद्धि

By खबरहब

July 04, 2023

काठमाडौँ- लगातार तीन दिन ओरालो लागेपछि नेप्से परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ । यस दिन सूचक १२.७३ अंकले बढेर २०८८.७० विन्दुमा आएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यसअघि ३ दिनमा नेप्से परिसूचक कुल ११०.३९ अंकले घटेको थियो । मंगलबार सूचक वृद्धि भएपनि कारोबार रकम भने प्रभावित भएको छ ।

यस दिन २८२ कम्पनीको ६४ लाख ५० हजार कित्ता सेयर कारोबार भएको छ । १२ करोड १७ लाख रुपैयाँसहित कारोबार रकममा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनएलजी इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्स परेका छन् ।