फाइल तस्वीर

बलिउड/हलिउड

अमेरिकामा शाहरुख खान घाइते

By खबरहब

July 04, 2023

मुम्बई- अमेरिकामा सुटिङका क्रममा बलिउड अभिनेता शाहरुख खान घाइते भएका छन् । उनको नाकमा चोट लागेको छ ।

अमेरिकाको लस एन्जलसमा दुर्घटनामा परेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । चोटका कारण नाकबाट रगत बग्न थालेपछि उनलाई अस्पताल लगिएको थियो ।

अहिले आफ्नो घर मन्नत फर्किसकेका उनी स्वास्थ्यलाभ गरिरहेका छन् । दुर्घटनापछि शाहरुखलाई नाकमा पट्टी बाँधेको देखाइएको थियो ।