अन्तर्राष्ट्रिय

टर्किए र इजिप्टद्वारा कूटनीतिक सम्बन्धलाई समान्य बनाउन राजदूत नियुक्त

By खबरहब

July 04, 2023

अङ्कारा/कायरो- टर्किए र इजिप्टले सामान्य कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्न राजदूत नियुक्त गरेका छन् । टर्किएले कायरोमा सालिह मुटलु सेनलाई राजदूत नियुक्त गरेको छ भने इजिप्टले अङ्कारामा अम्र इल्हामामीलाई नियुक्त गरेको छ ।

दुई देशका विदेश मन्त्रालयहरूले मङ्गलबार संयुक्त विज्ञप्ति जारी गर्दै यसबारे जनाकारी दिएका छन् ।

यो कदमले दुई देश बीचको सम्बन्धलाई सामान्य बनाउँदै जनताको हितमा थप सुमधुर बनाउँदै अगाडि बढ्ने अपेक्षा गरिएको छ । इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीलाई सन् २०१३ जुलाईमा अपदस्थ गरेर उनको टर्किए समर्थित मुस्लिम ब्रदरहुड समूहलाई गैरकानूनी घोषित गरेपछि इजिप्टसँग टर्कीएको सम्बन्धमा चिसोपन आएको थियो ।

गत मे २९ मा इजिप्टका राष्ट्रपति अब्देलफताह अल–सिसी र टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानबीचको कूटनीतिक सम्बन्धलाई पुनः स्थापना गर्ने सहमति भएको थियो ।