फाइल फोटो

ब्रेकिङ स्टोरी

राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च सरकारले व्यहोर्ने

By खबरहब

July 04, 2023

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचारको खर्च सरकारले व्यहोर्ने भएको छ । अघिल्लो साताको मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च व्यहोर्ने निर्णय गरेको हो ।

राष्ट्रपति पौडेल उपचारका लागि भारत जाँदा लागेको हवाई भाडा, अस्पतालको खर्च, सुरक्षाकर्मीको भ्रमण भत्तासहित ५५ लाख २ हजार २ सय ८९ रुपैयाँ सरकारले व्यहोर्ने भएको हो । यसअघि पौडेलको उपचार खर्च सरकारले व्यहोर्न नहुने भन्दै चौतर्फी आलोचना भएको थियो ।

राष्ट्रपति पौडेलले गत वैशाख ६ देखी १७ गतेसम्म भारतको दिल्लीमा उपचार गराएका थिए ।

‘यथार्थ खर्चको बिल भरपाई बमोजिमको रकम सम्बन्धितलाई भुक्तानी दिने प्रयोजनका लागि ५५ लाख दुई हजार दुई सय ७९ रुपैयाँ निकासा गरिदिन अनुरोध छ ।’ परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।