फाइल तस्वीर

राजनीति

नेकपा एसले गर्‍यो केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज कर्माचार्यलाई निष्कासन

By खबरहब

August 04, 2023

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोकका इन्चार्ज सुवास कर्माचार्य पार्टीबाट निष्कासन गरेको छ ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले उनलाई निष्कासन गरेको हो ।

पार्टीको नीति कार्यक्रम, संगठनात्मक पद्धति तथा निष्ठाविरुद्ध क्रियाकलाप गरेको र पटक–पटक सम्झाउँदा पनि नमानेको भन्दै उनलाई पार्टीबाट निष्कासन गरेको हो ।