सांकेतिक तस्बिर

देश/प्रदेश

चितुवाको छालासहित दुई जना पक्राउ

By खबरहब

August 04, 2023

धनगढी- कैलालीको धनगढीबाट चितुवाको छालासहित २ जना पक्राउ परेका छन् । धनगढीको बोराडाँडीस्थीत न्यू रोहन होटेल एण्ड रेष्टुरेन्टबाट चितुवाको छालासहित प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार डडेल्धुराको परशुराम नगरपालिकाका गोविन्द भट्टराई र कञ्चनपुरको बेदकोट नगरपालिका–७ का वामदेव जोशी पक्राउ परेका हुन् ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक प्रकाश कडायतको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

उनीहरुमाथी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।