फाइल तस्वीर

राजनीति

नेकपा एसको सचिवालय बैठक बस्दै

By खबरहब

September 04, 2023

काठमाडौं– नेकपा एकीकृत समाजवादी  सचिवालयको बैठक बस्दैछ । तर, समय भने अझै खुलाइएको छैन । आलोकनगर, शान्तिनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा सो बैठक बस्ने जनाईएको छ ।

बैठकमा यसअघि केन्द्रिय समिति बैठकले गरेको निर्णयको कार्यान्वयनसहित पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ । 

आउँदो माघ १४ मा १० महाधिवेशनको मिति तय गरेको नेकपा एसले त्यसको तयारीका विषयमा पनि छलफल हुने र सोहीअनुसार जिम्मेवारी बाँडफाँडका सम्बन्धमा पनि निर्णय हुन सक्ने बताइएको छ ।